
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ ।
एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो ।
खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो ।
फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल अंकतालिकाको शीर्ष स्थानमा कायमै छ ।
संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा छ । संकटा र जावलाखेलबीच ५१ मिनेट पछिको खेल आइतबार भएको हो । शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो ।
एन्फा कम्प्लेक्समा अहिले चर्च ब्वाइज युनाईटेड र मनाङ मर्याङ्दीबीच खेल भईरहेको छ । यो खेल शनिवार दरशरथ रंगशालामा हुने तय थियो । तर भारी वर्षा र चट्याङको कारण खेल स्थगित गरिएको थियो । आजै, शनिबार हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच रशरथ रंगशालामा खेल हुँदै छ ।
रंगशालामा आइतबार हुने दोस्रो खेलमा साँझ ६ बजे साविक विजेता मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया दिनुहोस्