१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


बन्देजको नीतिबाट शैक्षिक समस्या समाधान हुन सक्दैन : अध्यक्ष पाण्डे


156
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्नसक्नुपर्ने बताउनुभएको छ ।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको राज्यको नेतृत्व समयानुकुल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरु बन्ने गरेको बताउनुभयो । उहाँले नेपाली विद्यार्थीको आवश्यक्ताअनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरु विदेश जाने क्रम बढेको बताउनुभयो ।

उहाँले एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने बतउनुभयो । उहाँले बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समस्या समाधान हुने हो भने राहदानी दिन बन्द गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पाण्डेले नेपालको शिक्षामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सिर्जना गर्नुपर्ने बताउनुभयो ।