
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ ।
आइतवार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महावीर पुनका मागहरु गठबन्धनको बैठकमा एजेण्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताउनुभयो । उहाँले देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले आफू अहिले भुँइमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाएको बताउनुभयो । उहाँले महावीर पुनका मागहरु प्रधानमन्त्री एक्लैले समाधान गर्नसक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन आग्रह गर्नुभयो । उहाँले देशमा वैज्ञानिक आविष्कारका कुरा र नवप्रवर्तनका कुरालाई अघि बढाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्नेजति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्नसक्ने वातावरण नबनाए युवा वैज्ञानिकहरु बहिर्गमनमा जाने खतरा पैदा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्