
काठमाडाैं । बारा जिल्लाकाे बारागढी गाउँपालिकाले माछा पालन कृषकहरुलाई अनुदानमा चुन वितरण गरेकाे छ ।
गाउँपालिकाकाे पशु सेवा शाखाले माछा पालन कृषकहरुलाई अनुदानमा चुन वितरण गरेकाे गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले बताउनु भयाे ।
उहाँले माछा पालन कृषकहरुलाई ५० प्रतिशत अनुदानमा चुन वितरण गरिएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘७ सय प्रति बाेराकाे मुल्यमा चुन किनिएकाे हाे र कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएकाे छ।’
उहाँले २ सय बाेरा माछा चुन किनेर वितरण गर्न लागेकाे जानकारी दिनु भयाे । गाउँपालिका अध्यक्ष जयसवालले बाेरामा २५ किलाे परिमाणमा चुन रहेकाे बताउनु भयाे ।

उहाँले देश कृषि प्रधान देश भएकाेले गाउँपालिकामा कृषिलाई विशेष प्राथमिकतामा राखिएकाे बताउनु भयाे । उहाँले यसको प्रयोगले माछा पोखरीमा भएको पानीको पि.एच. लाई सन्तुलन राख्न मद्दत गर्ने जानकारी दिनुभयाे ।
यस्ताे चुनकाे प्रयाेग प्रयोगले माछाको उत्पादनमा वृद्वि ल्याउनुका साथै पोखरीको माछा स्वस्थ राख्न भूमिका खेल्छ ।

यो पोखरीमा माछा नभएको अवस्थामा २० के.जी. र माछा भएको अवस्थामा ३–४ के.जी. प्रति कठ्ठा प्रयोग गर्नुपर्ने पशु सेवा शाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्