
काठमाडौं । विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रका लागि १३ अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।
विश्व बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपालको स्वास्थ्य क्षेत्रमा प्रणालीगत सुधारका लागि १० करोड अमेरिकी डलर वित्तीय सहयोग स्वीकृत गरेको विश्व बैंकको नेपालस्थित कार्यालयले जानकारी गराएको हो ।
नेपालमा स्वास्थ्य सेवा प्रणालीमा गुणस्तरीय अभिबृद्धि, स्वास्थ्य बीमा विस्तार र कोशी र गण्डकी प्रदेशमा आपतकालीन स्वास्थ्य सेवाका लागि क्षमता अभिवृद्धिमा सहयोग परिचालन गरिने जनाइएको छ ।
स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी अभिबृद्धिबाट नेपालले स्वास्थ्य लाभमार्फत उत्पादकत्वसँगै आर्थिक बृद्धिजस्ता बृहत्तर लाभ हासिल गर्ने विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फरिस हादाद जर्भसले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्