२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फूल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि सुरू हुने


78
Shares

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा दुई दिने फूल कन्ट्याक्ट कराते प्रतियोगिता यहि वैशाख २२ गते शुक्रबारदेखि सुरू हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे हातामा हुने प्रतियोगितामा पुरुषतर्फ ६५ तथा महिलातर्फ ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले बताएका हुन् ।

पुरुषमा खुला तौलसमूह तथा महिलामा ६० केजीमुनि, ६० केजीमाथि र ५० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जानकारी गराएका हुन् । प्रतियोगिताको हरेक स्पर्धाको विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सका उत्कृष्ट पक्षलाई समेटी वज्रको उत्पादन गरिएको दावी गर्दै आगामी ४ वर्षभित्र विश्व च्याम्पियनसिप आयोजना गर्ने लक्ष्य रहेको बताएका छन् ।