२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


युएई विरूद्ध नेपाललाई चौथो सफलता मिल्याे


403
Shares

काठमाडौं । घरेलु टिम नेपाल विरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा युएईले चौथो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि सुरु भएकाे खेलमा युएईविरुद्ध नेपाललाई चौथो सफलता मिलेकाे हाे । नेपाललाई चौथो सफलता ललितनारायण राजवंशीले दिलाएका हुन् । ललितले रामिज शाहजादलाई एक रनमा आउट गराएका हुन् ।

यसअघि करण केसीले दुई र सोमपाल कामीले एक विकेट लिएका छन् । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई ८ रनमा आउट गराएका थिए । त्यस्तै, सोमपाल कामीले युएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराएका थिए ।

टियु क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको युएईले ९.१ ओभरमा ४ विकेटको क्षतिमा ३५ रन बनाएको छ । युएई र नेपालबीचको विजेताले एशिया कप खेल्ने छ ।