१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर विवादमा


182
Shares

एजेन्सी । भारतीय फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर रिलिज हुने बित्तिकै विवादमा परेको छ ।

सार्वजनिक फिल्मको ट्रेलरमा केरलाबाट ३२ हजार युवती बेपत्ता भएको देखाइएको हाे । ती युवतीहरुलाई भारतमा आतंकवादी गतिविधि सञ्चालन गर्ने मिसनमा राखेकाे देखाइएकाे छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्मको ट्रेलरप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

भारतीय सञ्चारकर्मीमसँग कुरा गर्दै मुख्यमन्त्री विजयनले भारतीय फिल्म ‘द केरला स्टोरी’ को ट्रेलर हेर्दा केरलामा घृणा फैलाउने उद्देश्यले फिल्म जानीजानी बताएका छन् । फिल्म केरलाको वातावरण बिगार्ने षड्यन्त्र भएकाे उनकाे तर्क छ । फिल्म संघ परिवारको प्रचार भएकाे, जुन आफैं कट्टरपन्थी विचारधाराको शिकार भए र केरलामा पनि यसले घृणाको बीउ छर्न चाहेकाे मुख्यमन्त्री विजयनकाे भनाइ छ ।

विजयनले थप्दै भने,- ‘कुनै पनि तथ्य र प्रमाण बिना फिल्ममा ३२ हजार केटीहरू हराइरहेको र आतंकवादी संगठनमा सामेल भएको देखाइएको छ तर यो झुट हो। कांग्रेसले केरलामा फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउन पनि माग गरेको छ ।’

हालै फिल्मकी मुख्य अभिनेत्री आदा शर्माले फिल्ममा ३२ हजार युवती बेपत्ता भएको कुरा गलत नभएको प्रतिक्रिया दिएकी छन् । भारतीय सञ्चार माध्यमहरुसँग कुरा गर्दै फिल्मकी आदाले फिल्ममा ३२ हजार बेपत्ता बालिकाको संख्या बढाईचढाई नभएको बताइन् । आफैंले ती बालिकाहरूलाई भेटेको र उनीहरूले यस्ताे डरलाग्दो कथा साच्चै भोगेकाे उनले बताएकी छन्

त्यस्तै, फिल्मका निर्देशक सुदिप्तो सेनले ७ वर्षदेखि यो कथालाई पछ्याएको र ३ वर्षको कडा अनुसन्धानपछि मात्र फिल्म बनाएकाे बताएका छन् । सेनले केरलाबाट बेपत्ता बालिकाको यकिन संख्या आरटीआई मार्फत बताउन पनि अदालतसँग माग गरेको बताएका छन् ।

तर अहिलेसम्म अदालतबाट प्रतिवेदन नपाएकाे पनि उनले बताएका छन् ।