१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


सरकार ५ वर्ष नै चल्ने प्रधानमन्त्री दाहालकाे दावी


286
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पाँचै वर्ष चल्ने दावी गर्नुभएकाे छ ।

साेमबार बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान समेत गर्नुभएकाे हाे ।

प्रधानमन्त्री दाहालले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै सभापति लामिछानेलाई सरकारमा आउन सामेत आह्वान गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे,-‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो म खोल्न तयार छु ।’

यसअघि सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थन समेत फिर्ता लिने बताउनुभएकाे थियाे ।