
काठमाडौं । तातोपानी नाका लगायतका नेपाल र चीनबीचका सबै नाकाहरु साेमबारदेखि पूर्ण रुपमा संचालनमा आउने भएका छन् ।
गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच ल्हासामा भएको वार्तामा साेमबारदेखि तातोपानीसहिता सबै नाका खुला गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नाकाहरु खोल्न लागिएको हो ।
२०७२ सालको भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी लगायतका नाकाहरु साेमबारदेखि पूर्ण रुपमा खुल्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । त्यस्तै, मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाका पनि खुल्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै २०७६ चैत ११ गते कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि रसुवागढी–केरुङ नाका पनि बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्