२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रूसी सेनाद्वारा युक्रेनको राजधानी कीभमा क्षेप्यास्त्र प्रहार


143
Shares

एजेन्सी । रूसले युक्रेनको राजधानी कीभमा साेमबार क्षेप्यास्त्र प्रहार गरेको छ ।

युक्रेनी सेनाले बाख्मत शहरमा प्रतिआक्रमणको तयारी गरेको भन्ने जानकारी प्राप्त गरेसँगै रुसले कीभमा क्षेप्यास्त्र प्रहार गरेको हो । किएभबाट करिब साढे ५ सय किलोमिटर टाढा रहेको दोनेत्स्क क्षेत्रबाट कीएभमा क्षेप्यास्त्र आक्रमण गरेपछि युक्रेनी सेनाले सर्वसाधारणलाई सुरक्षित हुन भनेको छ ।

कीभमा साेमबार बिहान ५ वटा क्षेप्यास्त्र खसेको त्यहाँका गभर्नर पाभ्लो किरिलेन्कोले बताएका छन् । त्यस मध्ये दुई क्षेप्यास्त्र शहरको बाहिरी क्षेत्रमा खसेको, दुई वटा औद्योगिक क्षेत्रमा र आवास क्षेत्रमा खसेको उनले बताएका छन् ।

कीभका क्षेप्यास्त्र प्रहारसँगै युक्रेनको अवडिभका शहरमा पनि बमबारी गरिएको छ । रुसी आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । युक्रेनी सेनाले देशका पूर्वी, उत्तरी र मध्य क्षेत्रमा पनि आक्रमण हुन सक्ने चेतावनी दिएकाे छ ।