३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सिन्धुलीको चियाबारी–खुर्कोट सडकखण्डमा बढी दुर्घटना


416
Shares

सिन्धुली । सिन्धुलीको वीपी राजमार्ग अन्तर्गत चियाबारी–खुर्कोट सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ ।

सिंगल लेनको घुमाउरो सडकमा सवारी साधनको चाप बढेसँगै यस सडक खण्डमा बढी दुर्घटना हुने गरेकाे हाे । विगत १ वर्षमा वीपी राजमार्गस्थित चियाबारी–खुर्कोट सडकखण्डमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

साेही खण्डमा ठूला सवारीका साधन भन्दा मोटरसाइकल, जीप र कार जस्ता साना सवारीका साधनहरुको दुर्घटना अत्यधिक हुने गरेको छ । वीपी राजमार्ग चियाबारी–खुर्कोट सडकखण्ड सिंगल लेनको घुम्ती सडक निर्माण गरिएपछि सवारीका साधनलाई सहज आवागमनमा समस्या देखिएको छ ।