१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अयोग्य लडाकुलाई छिट्टो २ लाख रूपैयाँ दिनुपर्छः देवेन्द्र पौडेल


91
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललेले अयोग्य लडाकुहरुलाई छिट्टो भन्दा छिट्टो २ लाख रुपैयाँ दिनुपर्ने बताउनुभएको छ ।

सचिव पौडेलले सरकारले अयोग्य लडाकुहरुलाई दिने भनिएको २ लाख रुपैयाँ छिट्टो भन्दा छिट्टो दिइनुपर्ने बताउनुभएको हो । उहाँले सोही निर्णय यस अघिकै सरकारहरुले गरेको निर्णय भएको भन्दै वर्तमान सरकारले प्रक्रिया मात्रै अगाडि बढाएको बताउनुभयो । उहाँले संचारकर्मीसँग कुरा गर्दै आयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिदा करिब १ अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताउनुभयो ।

उहाँले वर्तमान राजनीतिक परिवर्तनका निम्ति लडाकुहरुको योगदान रहेको उल्लेख गर्दै उनीहरुको योगदानको सम्मान हुनुपर्ने बताउनुभयो । सचिव पौडेलले राज्यले अयोग्य लडाकुहरुलाई रकम दिदाँ देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरुको अपमान हुने बताउनुभयो ।

उहाँले लडाकुहरुलाई रकम दिने कुरा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग पनि जोडिएको बताउनुभयो । देशको परिवर्तनको निम्ति सर्मपित भएका युवाहरुलाई राज्यले सम्झिदा खेरी विरोध गर्नेहरुको विवेक हराएको सचिव पौडेलले टिप्पणी गर्नुभयो । उहाँले लडाकुको योगदानलाई पैसासँग तुलना गरिनुपनि उनीहरु प्रतिको अपमान भएको बताउनुभयो ।

अनावश्यक कुराहरु गरेर लडाकुलाई पैसा दिनेकुरा कसैले पनि अल्झाउनु नहुने सचिव पौडेलले बताउनुभयो।