
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारको सल्लाहमा आन्दोलन गर्न गएको बताउनुभएको छ ।
सोमबार प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले बैशाख १४ गते महावीर पुन बालुवाटार गएको र आफूसँग सल्लाह गरेर नै आन्दोलनमा उत्रिएको बताउनुभयो । उहाँले महावीर पुनले आफूसँग केही मँग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले पूर्वलडाकुलाई रकम दिने विषय २०७१ को सरकारले गरेको निर्णय भएको उहाँले बताउनुभयो । उहाँले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताउनुभयो ।
तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताउनुभयो । उहाँले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्