
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताउनुभएको छ ।
सडक शिलान्यासका लागि इनरुवा पुग्नुभएका कार्कीले कांग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताउनुभएको हो ।
उहाँले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताउनुभयो । उहाँले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताउनुभयो । उहाँले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताउनुभयो ।
नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्