
काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन ।
धादिङको गणेशखोलाको पुलको मुखमा जमिन भास्सिएका कारण सोमबार दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङले सडक खुलाउन प्रयास भइरहे पनि अझै केही समय लाग्ने बताएको छ ।
साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् भने ठूला सवारी साधन बाटोमै अलपत्र अवस्थामा रहेका छन् । काठमाडौं आउने सवारी साधनले गल्छी–नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने सवारी साधनलाई त्रिभुवन राजपथबाट हेटौंडातर्फ पठाइएको छ ।
नागढुंगा–मुग्लिन सडक योजनाले भास्सिएको सडक मर्मतको काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्