
फाइल तस्बिर
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले सोमबार २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो ।
रोकिएको स्थितीबाट मंगलबार युएईले ११ रन थप्दै १ सय १७ रन बनायो ।
नेपालका ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए ।
नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए । योसँगै युएईले नेपाललाई दियो १ सय १८ रनको लक्ष्य दिएको छ ।
प्रतिक्रिया दिनुहोस्