
काठमाडौं । सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुलेको छ ।
सोमबार दिउँसो ४ बजे धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सीमामा रहेको गणेश खोलाको मोटरेबल पुलमा खाल्डो परेपछि सडक अवरुद्ध भएको थियो ।
मंगलबार बिहान साढे दश बजेपछि सडक एकतर्फी खुलाइएको हो ।
नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा भासिएको पुलमा ग्याभिन जाली भर्ने काम गरिएको छ । पुलको खाल्टो भर्ने काम सकिएपछि सडक एकतर्फी खुलाएर रोकिएका सवारी साधन गन्तब्यतर्फ पठाउने काम भइरहेको धादिङ ट्राफिक प्रहरीले जनाएको छ ।
दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्