
काठमाडाैं । कञ्चनपुरमा छोराले आफ्नै ७१ वर्षीय बुबाको हत्या गरेका छन् ।
साेमबार राति पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश खड्काले बुबा धनबहादुर खड्काको हत्या गरेको प्रहरीले बताएकाे हाे । घरायसी विवादका क्रममा गणेशले बुबामाथि मुक्का र चिर्पट प्रहार गरेर हत्या गरेकाे जनाइएकाे छ ।
साेमबार राति गणेशले कुुटपिट गरेर बुबाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्