१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साइबर सुरक्षामा सरकार संवेदनशील छ : मन्त्री शर्मा


65
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील भएकाे बताउनुभएकाे छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले मंगलबार आयाेजना गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विशेष समारोहमा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने उहाँले बताउनुभयाे ।

मन्त्री शर्माले सूचना प्रविधि पछिल्लो समय मानव जीवनको अत्यावश्यक साधन बनेको पनि बताउनुभयाे । सूचना प्रविधि अहिले अत्यावश्यक साधन बनेको पनि उहाँले बताउनुभयाे । यसको प्रयोगले आमनागरिकको जीवनलाई सहज र सकारात्मक परिवर्तन आएको उहाँकाे तर्क छ । राज्यले नागरिकलाई पुर्‍याउने सेवा प्रवाहलाई प्रविधिले सहज र सरल बनाएको मन्त्री शर्माले बताउनुभएकाे छ ।

मन्त्री शर्माले सबै नागरिकमा सूचना प्रविधिको समान पहुँच विस्तारका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयाे । सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उपकरणहरूमा सरकारले लगाउने करको दर घटाउनु पर्ने मन्त्री शर्माले बताउनुभयाे ।