२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आयोगले भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेकाे चिकित्सककाे आराेप


65
Shares

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले एमडी-एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेकाे चिकित्सकहरूले आराेप लगाएका छन् ।

मंगलबार माईतीघर मण्डलामा भर्ना प्रक्रियामाबिरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । मंगलबार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी-एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले मंगलबार २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा डा. छवि पन्थीले एमडी-एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । उहाँले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरु कानूनी राज भन्दा माथि हो भन्दै प्रश्न समेत गर्नुभयो ।

त्यस्तै, प्रदर्शनकारी चन्दनकुमार गोइतले र्यांक अनुसार विद्यार्थीहरुले भर्ना हुन पाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको बताउनुभयो। त्यस्तै आन्दोलनरत चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताउनुभयो ।

उहाँले प्रक्रियाअनुसार पढ्न मन रहेपनि नपाएको गुनासो गर्नुभयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग दुई दिनमै सम्बोधन भएपनि विद्यार्थीहरुका माग सम्बोधन गर्न कुनै निकाय नआएको बताउनु भयो ।

उनीहरुले विद्यार्थीको भविष्यसँग खेल्न पाइँदैन, मेरा साना दुःखले आज्र्या र्यांक होइन, सबै प्रमाण छन् खिचेको, योग्यताक्रम मिचेको, योग्यताक्रम लागू गर, देशको स्वास्थ्य नबिगारी देउ, चोक चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ, न्याय माग्न कुन गोरखा जानु ? न्यायपालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो ? नखाउँ भने वर्षभरको शिकार र खाउँ भने छुट्ने भयो अधिकार लगायतका प्लेकार्ड बोकी बिरोध प्रदर्शन गरेका थिए ।