
काठमाडाैं । कञ्चनपुरमा बाघ निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको छ । बेलौरी नगरपालिकामा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको हो ।
बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि वडा नं ८ को पचुइँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्रैकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
गत बैशाख ८ गते घाँस काट्न गएकी गङ्गा चन्दको बाघको आक्रमणबाट मृत्यु भएको थियो । यस घटनापछि स्थानीय त्रसित भएका छन् ।
यसअघि गत चैत १० मा पनि भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्की पनि बाघको शिकार बनेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्