
काठमाडाैं । अर्घाखाँचीको एक सहकारीमा चोरी भएको छ ।
सन्धिखर्क नगरपालिका– ६ नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्थाको कार्यालबाट गएराति ६ लाख ६३ हजार ८ सय १० रुपैयाँ नगद चोरी भएको हो ।
सिसिटिभि क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर चोरी भएको सहकारीका कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिनुभयो । ढोका र पैसा राख्ने लकर समेत तोडिएको बताउनुभयो ।
मुख्य सिसिटिभि क्यामेरा जडान गरेको हार्डडिस्क नै चोरी भएपछि चोर पत्ता लगाउन अप्ठारो भएको कम्प्युटर अपरेटर महत्राले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्