१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


एकै दिन ५५ जनामा कोरोना संक्रमण पुष्टि


273
Shares

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै,कोरोना संक्रिय संक्रमितको संख्या २५२ पुगेको छ । यो अवधिमा ५३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ११ जना छन् भने भेन्टिलेटरमा कुनै पनि विरामी छैनन् । संक्रमण बढेसँगै कोरोना विरुद्ध कोरोनाको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।