
काठमाडाैं । मुलुकको अर्थतन्त्रको आकार ५४ खर्ब बराबर पुगको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरेको हो ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र को योगदा २४ दशमलब १२ प्रतिशत तथा गैरकृषि क्षेत्रबाट ७५ दशमबल ८८ प्रतिशत योगदान रहेको कार्यालयले जनाएको छ । गत आवमा कृषि क्षेत्रको योगदान २४ दशमबल ६७ प्रतिशत थियो । उद्योग क्षेत्रको योगदान जम्मा ५ दशमबल ३२ प्रतिशत पुग्ने कार्यालयको प्रारम्भिक अनुमान रहेको छ ।
वनस्पति, तोरीलगायतका तेलको उत्पादनको साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीले उद्योग क्षेत्रमा गत आवको तुलनामा चालू आवमा कुल मूल्यअभिवृद्धि वृद्धिदर २ प्रतिशत बराबरले ऋणात्मक रहने सरकारी अनुमान छ ।
यस्तै, निर्माण क्षेत्रको योगदान बाट यो दशमलब ५२ प्रशित रहेको देखिएको छ । यसको कुल मूल्यअभिवृद्धि वृद्धिदर ६ दशमबल ६२ प्रतिशतले ऋणात्मक रहने भएको हो । निर्माण क्षेत्रमा आएको शिथिलता, निर्माण सामग्री आयात र आन्तरिक उत्पादनमा कमीले वृद्धिदर ऋणात्मक हुने अनुमान कार्यालयलको रहेको छ ।
कूल गार्हस्थ्य उत्पादनको आकार बढ्दा नेपालीको प्रतिव्यक्ति आय पनि सामान्य सुधारिएर १३ सय ९९ अमेरिकी डलर पुगेको कार्यालयले जनाएको छ । गएको वर्ष नेपालीको आम्दानी १३ सय ७२ डलर थियो । यो बर्ष १२ खर्ब ३१ अर्ब बराबार रेमिट्यान्स भित्रने सरकारी अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्