
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ ।
घरेलु मैदानमा मंगलबार राति बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनामाथि १–० को जित निकालेको हो ।
बार्सिलोनाको जितमा योर्डी अल्बाले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै, खेलको २६ औं मिनेटमा जोर्गे ओरोजले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।
जितपछि बार्सिलोना उपाधि नजिक पुगेको छ । बार्सिलोनाको ३३ खेलबाट ८२ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको ६८ अंक छ । ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्