
एजेन्सी । बेलायतको राजदरबार बकिंघम प्यालेसको परिसरभित्र शंकास्पद वस्तु फालेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।
बकिघंम प्यालेसको मुल ढोकामा पुगेका ती ब्यक्तिले दरबारको मुखैमा बन्दुकको बारुद र खोका जस्तो देखिने शंकास्पद वस्तु फालेका थिए ।
प्रहरीले विष्फोटक पदार्थको आशंकामा उक्त वस्तुलाई निष्क्रिय बनाउन नियन्त्रित विष्फोट गराएको थियो । घटना लगत्तै पक्राउ परेका व्यक्तिको साथबाट एउटा झोला र सानो चक्कु फेला परेको बेलायती सुरक्षाकर्मीहरुले बताएका छन् ।
उनी मानसिक रुपले सन्तुलित नरहेको बुझिएको छ । बेलायती राजा चार्ल्सको राज्याभिशेक समारोह आउन चार दिन बाँकी रहँदा भएको यो घटना आतंकबादसँग नजोडिएको बेलायत सरकारले जनाएको छ ।
बेलायतका राजा चार्ल्स दरबारमा नरहेको बेला घटना भएको बुझिएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस्