
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ ।
च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो सातौं तथा हिमालयन चौथो जितको योजनामा हुनेछ ।
सातदोबाटो २२ अंक जोडेर तेस्रो स्थानमा रहँदा हिमालयन १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
यस्तै, बुधबार दिउँसो ३ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेन्ड्स पाँचौं तथा चर्च ब्वाइज सातौं जितको खोजीमा हुनेछ ।
फ्रेन्ड्स १५ अंक जोडेर १२ औं स्थानमा रहेको छ भने चर्च ब्वाइज २१ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
यसैगरी, साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी छैटौं तथा मनाङ पाँचौं जितको योजनामा हुनेछ ।
आर्मी २० अंक जोडेर पाँचौं स्थानमा रहँदा मनाङ १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्