
एजेन्सी । भारतीय अभिनेत्री ऐश्वर्या राई अभिनित फिल्म ‘पोन्नियिन सेल्वन- पीएस २’ ले रिलिजको चौथो दिनसम्म विश्वव्यापी बक्स अफिसमा २०० करोड भारतीय रुपैयाँको कलेक्सन पूरा गरेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म रिलिज भएको आज ६ दिन हुँदा ४ दिनको मात्र कमाई सार्वजनिक भएको छ । फिल्मको कमाईको बाँकी विवरण भने आउँन बाँकी नै छ ।
निर्देशक मणिरत्नमको मनोरन्जन कम्पनी मद्रास टकीजले सामाजिक सञ्जाल ट्विटरमार्फत फिल्मले २०० करोड भारतीय रुपैयाँको क्लबमा प्रवेश गरेको जानकारी दिएको हो । फिल्म २८ अप्रिलमा रिलिज भएको थियो ।
ट्विटरमा फिल्मको कमाई बताउँदै एउटा छोटो भिडियो सार्वजनिक गरिएको छ । ‘पोन्नियिन सेल्वन’ काे पहिलो भाग २०२२ मा आएका थियो । यो ‘पोन्नियिन सेल्वन’ को सिक्वेल हो । यो फिल्म कल्कि कृष्णमूर्तिको उपन्यास आधारित छ ।
फिल्ममा ऐश्वर्याको अलवा विक्रम, त्रिशा, जयराम रवि, कार्ती, ऐश्वर्या लक्ष्मी, शोभिता धुलीपाल, प्रकाश राज, जयम, प्रभु, आर सरथकुमार, पार्थिवन, विक्रम प्रभु आदि कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मलाई अभिनेता कमल हसनले कथन गरेका छन् । फिल्ममा एआर रहमानले संगीत दिएका छन् । फिल्मलाई मणिरत्नमको मद्रास टकीज र सुभास्करनको लाइका प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको हो ।
फिल्म हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा विश्वभर रिलिज भएको छ ।
प्रतिक्रिया दिनुहोस्