३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


ह्वात्तै बढ्यो सुनको मूल्य


6.292k
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजार ८ सय रूपैयाँले बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार २० रूपैयाँले बढेर १ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।