१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाङमा जुवातास खेलिरहेको अवस्थामा सात पक्राउ


416
Shares

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

प्रहरीले स्युजाली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ४६ वर्षीय माधव गैरे समेत ७ जनालाई मंगलबार राति पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नगद ९२ हजार २ सय ७० रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।