
काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रिमियर शो सम्पन्न भएको छ ।
नयाँ बानेश्वरस्थित वान सिनेमाज मल्टिप्लेक्समा मंगलबार राति चलचित्रको प्रिमियर शो सम्पन्न भएकाे हाे । निर्देशक रेनाशा वान्तवा राई राणाको निर्देशनमा बनेको यो चलचित्रको प्रिमियरमा चलचित्रका शीर्ष कलाकार, निर्माता र निर्देशकदेखि अन्य कलाकारको उपस्थिति रहेको थियो ।
चलचित्र हेर्न हलमा भुवन केसी, प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा, शिल्पा मास्के, आना शर्मा, प्रेम सुब्बा, विमलेश अधिकारी र लुनिभा तुलाधर लगायत धेरै कलाकारहरूको उपस्थिति रहेको थियो ।
चलचित्र हेरेपछि चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले चलचित्र फरक फ्लेवरमा बनेको धारणा राख्दै रमाइलोसँगै सन्देश मूलक रहेको समेत बताएका थिए ।
त्यसैगरी प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित हुँदै निर्देशक राईले ३ वर्षको मिहिनेत सफल भएको बताउदै खुशी व्यक्त गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस्