२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


कुवेतले साफ च्याम्पियनसिप खेल्ने


936
Shares

काठमाडाैं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले पहिलो पटक साफ बाहिरको टिकलाई समावेश गर्ने निर्णय गरेको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसनको आयोजनामा सञ्चालन हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपमा कुवेतको सहभागिता निश्चित भएको छ । यसकाे बारेमा फेडेरेसनले बुधबार औपचारिक जानकारी दिएको हो। भारतको बैंगलुरुमा असार ६ गतेदेखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा सहभागी हुने कुवेत सातौं देश हुनेछ ।

यसअघि साफ सदस्यहरु भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता निश्चित भइसकेको थियो । फिफाले प्रतिबन्ध लगाएका कारण यसपल्ट श्रीलंका भने साफ गुमाउनेछ ।

दक्षिण एसियाली देशहरुबीचको प्रतियोगितामा प्रतिस्पर्धास्तर बढाउन भन्दै आमन्त्रित टिमहरुलाई सहभागिता गराउने नीति साफले लिएको छ ।