१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


शेयर बजारमा वियरिष ट्रेण्ड जारी


156
Shares

काठमाडौं । शेयर बजारमा बुधबार पनि वियरिष ट्रेण्ड जारी रहेकाे छ ।

उतारचढावकाबीच बजार परिसूचक नेप्से ९ अंकले ओरालो लागेर १८ सय ५७ कायम भएर थामिएकाे हाे । बुधबार कारोबार ६२ करोडमा खुम्चियो । बुधबार मात्र उत्पादनमूलक र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेकाे छ ।

बाँकी सबै समूह ओरालो लागेकाे छ । होटल तथा पर्यटन समूह सबै भन्दा उच्च डेढ प्रतिशत बराबरको गिरावट आएकाे हाे । बाँकी पनि बढी जसो समूह दोहोरो अंकले ओरालो लागेकाे छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६५ कम्पनीको २१ लाख ५५ हजार कित्ता शेयर जम्मा ६२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार १ सय ५६ कम्पनीको मूल्य घटेकाे छ भने जम्मा ५१ को बढेकाे छ ।