
काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकासमा टेवा पुर्याएको अवलोकनकर्ताले बताएका छन् । प्रतिष्ठानमा यही वैशाख ४ गतेदेखि शुरु भएको प्रदर्शनी अहिले पनि जारी रहेको हो ।
पुस्तक प्रदर्शनीमा पुगेका अवलोकनकर्ताले प्रदर्शनीले पछिल्लो समय ह्रास आइरहेको पठन संस्कृतिमा टेवा दिएको बताए । पुस्तकहरु उपयोगी रुहेको र पठन संस्कृतिमा आइरहको ह्रासलाई उकास्न मद्दत पुग्नु भन्दै उनीहरुले प्रदर्शनीमा खोजेका र पुरना पुस्तकहरु पाइनाले धेरै महत्वपूर्ण भएको बताए ।
त्यस्तै पुस्तक व्यवस्थापन समिति संयोजक सुधिर ढुंगेलले प्रदर्शनीमा हजार वटा जति पुस्तक रहेको बताउनु भयो । उहाँले प्रदर्शनीमा १५ देखि ४० प्रतिशत छुटको व्यवस्था गरिएको पनि बताउनु भयो । उहाँले पाठकको भीड र चाहनाले एक हप्तासम्म प्रदर्शनी बढाइएको उल्लेख गर्नुभयो । उहाँले वैशाख ४ देखि १८ गतेसम्म प्रदर्शनीको समय राखेको तर दर्शकको मागका कारण एक हप्ताको समय बढाएर २५ गतेसम्म पुर्याएको बताउनु भयो ।
प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को चैत महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिव पाँच सयभन्दा बढी थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ । प्रज्ञा नेपाली वृहत शब्दकोश र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोश लगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्