
काठमाडाैं । सरकारले एसीसी प्रिमियर कप विजेता राष्ट्रिय क्रिकेट टिमलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उपाधि विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा सरकारले खेलाडी र मुख्य प्रशिक्षकलाई ६ लाख नगद सहित सम्मान गर्ने निर्णय गरेको हो । खेलाडी र मुख्य प्रशिक्षक बाहेक अन्य अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको छ ।
बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्