२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकी केन्द्रीय बैंकले पुनः ब्याजदर बढायो


2.379k
Shares

एजेन्सी । अर्थतन्त्र मन्दीमा फस्दै गएपछि अमेरिकी केन्द्रीय बैंकले पुनः ब्याजदर बढाएको छ ।

फेडरल रिजर्भ बैंकले शून्य दशमलव २५ प्रतिशतले ब्याजदर बढाएको हो ।

पछिल्ला १४ महिनामा दशौं पटक ब्याजदर बढाइएको हो भने योसँगै अमेरिकामा ब्याजदर १६ वर्ष यताकै उच्च भएको छ ।

सन् २०२२ मा लगभग शून्यको हाराहारीमा रहेको ब्याजदर अहिले ५ दशमलव २५ प्रतिशत पुगेको छ ।

ब्याजदर महँगो हुँदा बैंकबाट लिने ऋण महँगो पर्ने छ भने त्यसले सर्वसाधारणको दैनिकीलाई प्रत्यक्ष असर पुर्‍याउने छ ।

अमेरिकामा पछिल्लो समय रोजगारी कटौती र महँगीको दोहोरो मारमा सर्वसाधारण परेका छन् । अमेरिकाको असर युरोपमा पनि परिसकेको छ ।