
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ ग्रहण लिनु हुनेभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसबाट बुधबार मन्त्रीमा नियुक्त हुनुभएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शपथ ग्रहण गराउनुहुनेछ ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो । अझै पनि खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी उहाँ आफैंले सम्हाल्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्