१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोरङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते


416
Shares

काठमाडौं । मोरङको लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक मोरङको पथरीशनिश्चरे नगरपालिकाका ३० वर्षीय मनोज दियाली र लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्सालको धरानमा उपचार भइरहेको छ ।

गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।