
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबसँग खेल्नेछ ।
मछिन्द्र र संकटा दुवै पाँचौं जितको योजनामा हुनेछन् । मछिन्द्र १८ अंक जोडेर आठौं स्थानमा रहँदा संकटा १६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
सोही समयमा एन्फा कम्प्लेक्स, सातदोबाटोमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन् ।
एपीएफ छैटौं तथा एनआरटी पाँचौं जितको योजनामा हुनेछ । एपीएफ १८ अंक जोडेर सातौं स्थानमा रहँदा एनआरटी १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
जारी लिगमा आजका खेलहरुपछि १४ औं चरणका खेलहरु सकिनेछन् ।
अहिलेसम्म १४ खेलबाट २४÷२४ अंक जोडेका जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानको थ्रिस्टार क्लबको २३ अंक छ भने २२ अंकसहित सातदोबाटो युथ क्लब चौथो तथा २० अंक जोडेको त्रिभुवन आर्मी क्लब पाँचौ स्थानमा छ । मनाङ मस्र्याग्दी क्लब १८ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्