१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


धरानबाट २२७ केजी गाँजा सहित दुई पक्राउ


4.693k
Shares

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकामा ठुलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले २ सय २७ केजी गाँजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाँजा र नगद ६० हजार बरामद गरिएको सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले जानकारी दिनुभयो ।

धरानको शिवधारामा सवारी जाँचका क्रममा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

बरामद गाँजा, ट्रक र तस्करीमा संलग्न दुवै जनालाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ ।