
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ ।
बोर्डको बुधबार बसेको बैठकले ती कम्पनीहरुलाई अनुमति दिने निर्णय गरेको हो ।
आशयपत्र पाउने नयाँ ब्रोकर कम्पनीहरुमा सनराइज सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, शेयरप्रो सेक्युरिटिज, स्टकस्टार्स सेक्युरिटिज, प्रोपर्टी विजार्ड, क्यापिटल हव, मिल्की वे शेयर ब्रोकर र ब्लुचिप सेक्युरिटिज रहेका छन् ।
यस्तै, गरिमा सेक्युरिटिज, मनी वर्ल्ड शेयर मार्केटस्, कलश सेक्युरिटिज, मियो सेक्युरिटिज र शुभकामना सेक्युरिटिजले पनि आशयपत्र पाएका छन् । बोर्डले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो ।
यसै महिना शेयर कारोबारका लागि २९ वटा कम्पनीले अनुमति पाएका छन् । शेयर कारोबारका लागि आवेदन दिएका अझै १६ वटा कम्पनीको अध्ययन भईरहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्