१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


4.329k
Shares

काठमाडौं । मकवानपुरको जुरिखेतमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडा तर्फ गइरहेको बागमती प्रदेश ०२–०२०प ४२३७ नं. को मोटरसाइकल हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको जुरीखेतमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

मोटरसाइकलका चालक बारा पर्सौनि –५ का २५ वर्षीय लालबाबु सहनी र पछाडि बसेका २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।