२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिल्भर माउन्टेनले शुरु गर्‍यो हस्पिटालिटीमा अन्तर्राष्ट्रिय स्तरको अध्यापन


455
Shares

काठमाडौं । सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टले पहिलो पटक यो वर्षबाट नेपालमा हस्पिटालिटीमा अन्तर्राष्ट्रिय स्तरको स्नातकोत्तर (एमबीए) तहको पढाई शुरु गरेको छ ।

लामो समयको अनुसन्धान र गृहकार्यपछि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले आतिथ्य सत्कार र पर्यटन सम्बन्धि विषयमा नेपालमा पहिलोपटक विशेष कार्यक्रम सहित स्नातकोत्तर तहको अध्यापनको शुरुवात गरेको जनाएको छ । बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्नातकोत्तर कार्यक्रमका लागि शिक्षा मन्त्रालयबाट अनुमित लिइसकिएको प्रिन्सिपल समीर थापाले जानकारी दिनुभयो ।

एमबीएको लागि धमाधम अहिले भर्ना कार्यक्रम शुरु भएको र नयाँ कक्षा संचालन भने आगामी भदौबाट हुने पनि थापाले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक शुरु गरिएको होटल मेनेजमेन्टमा स्नातकोत्तर तहको पढाइबाट अन्तर्राष्ट्रिय आतिथ्य र पर्यटन व्यवस्थापनका लागि नेतृत्व विकास,उद्यमी र व्यवसायको रणनीतिक दृष्टिकोण लगायतका विषयमा बिद्यार्थीले ज्ञान लिन सक्नेछन् ।