१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुर्गम ठाउँहरुमा तत्काल चिकित्सक पुर्‍याउँछु : नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेत


1.222k
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दूर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ ।

बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उहाँले आफू कम सुतेर भएपनि मन्त्रालयको काममा खटने बताउनुभयो । मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताउनुभयो ।

मन्त्री बस्नेतले एक हप्ता भित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । स्वास्थ्य सामाग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाव दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उहाँको भनाई थियो । मन्त्री बस्नेतले सरकारले खरिद गरेको स्वास्थ्य सामाग्री ठूलो भोल्युममा भएपनि त्यसको सदूपयोग हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

मन्त्री बस्नेतले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन चिकित्सकहरुलाई समेत सचेत गराउनुभयो ।