
काठमाडौं । चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् ।
नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं अनमोल फिड्सका सञ्चालक कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन बहादुर रावललाई पक्राउ गरेको हो ।
कँडेलबाट कम्पनी खरिद गरेका प्रदीप रुङ्गटा भने अझै फरार भएका छन् ।
कँडेलले आत्महत्या गर्नुअघि लेखेको चिट्ठीमा चार्टर्ड अकाउन्टेन्ट रावल र ब्यापारी रुङ्गटाका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
ब्यापारमा घाटा खाएका कँडेलसहित १५ जना संचालकले अनमोल फिड्सको ८५ प्रतिशत शेयर स्वामित्व रुङ्गटालाई विक्री गरेका थिए । तर, रुङ्गटाले पैसा नदिएर धोका दिएको कँडेलले चिठीमा लेखेको प्रहरीले बताएको छ ।
नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्