
काठमाडौं । २५६७ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई शुक्रबार विविध कार्यक्रम गरेर मनाइँदैछ ।
बुद्ध जयन्तीको अवसरमा शुक्रबार बिहान लुम्बिनीमा शान्ति र्याली निकालिएको हाे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शान्ति र्यालीको शुभारम्भ गर्नुभएकाे हाे ।
र्याली लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्ति दीप र केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म पुगेको थियो । लुम्बिनी विकास कोषका अध्यक्ष एवं पर्यटनमन्त्री किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कुटनीतिक नियोग र विदेशी पाहुनाहरूको समेत शान्ति र्यालीमा सहभागिता भएका थिए ।
शुक्रबार नै बुद्धको अस्तु धातु रहेको नवलपरासीको रामग्राममा अस्तुधातु यात्रा निकालिएको छ ।
प्रतिक्रिया दिनुहोस्