
काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा गम्भीर घाईते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवा सभाले दिएको जानकारी अनुसार क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ गम्भीर घाइते भएका छन् । घाईते दुबै जनालाई नेपाली सेना र सिम्रिकको अर्काे हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो ।

शुक्रबार माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट लिएर जादै गर्दा संखुवासभाको भोटखोला–४ मा सो हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरको पंखा पहाडमा टोक्किएर दुर्घटना भएको थियो । त्यसैगरी हेलिकप्टरमा रहेका मनोज थापा र बिक्रम विश्वकर्मा पनि घाइते भएका छन् ।हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्