
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ ।
उहाँले शुक्रबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उपनिर्वाचनमा हार ब्यहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार ब्यहोर्नु परेको उनको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्