
काठमाडौं । जगदम्बाले आफ्ना उत्पादनमा विशेष योजना ल्याएको छ ।
जगदम्बाले जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भाप्लसका उत्पादनमा “फेब्रिक्रेटर्स रिवार्ड योजना” सार्वजनिक गरेको हो ।
हालै राजधानीमा सम्पन्न ग्रिल एण्ड स्टील फेब्रिकेटर्स महासंघको २८ औं वार्षिक साधारण सभामा उपराष्ट्रपति रामसहाय यादव र जगदम्बा स्टील्सका महाप्रबन्धक मनोज तिवारीले यो योजनाको सार्वजनिक गर्नुभएको हो ।
योजना अन्तर्गत फेब्रिक्रेटर्सलाई बोनस तथा दुर्घटना बीमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्